रौतहटमा युवकको हत्या
रौतहट | असार २९, २०८०
रौतहट: रौतहटको देवाही गोनाही नगरपालिकामा घरेलु हतियार प्रहार गरी एक पुरुषको हत्या गरिएको छ ।
देवाही गोनाही नगरपालीका–६ कर्कच कर्मैयाका ३५ वर्षीय जगरनाथ साहको बिहीबार राति आफ्नै घरमा हत्या भएको हो । कोठाभित्रको खाटमा साहको शव फेला परेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरले मृतक साहको घाँटीमा धारिलो हतियार प्रहार भएको देखिएको बताए ।
शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल पठाइएको छ । घटनाबारे अनुसन्धान गर्न मृतकको श्रीमतीसँग सोधपुछ भइरहेको एसपी बुढामगरले बताए ।
पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ । मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रेस रजिस्ट्रारको का...
पोखरा । पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

